एजेन्सी । इन्ग्लिश क्लब चेल्सीले क्रोएसियाका मिडफिल्डर माटियो कोभासिसलाई अनुबन्ध गरेको छ ।
स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा आएका कोभासिससँग चेल्सीले पाँच बर्षको अनुबन्ध सम्झौता गरेको छ । कोभासिस गत सिजन लोनमा चेल्सी आएका थिए ।
चेल्सीसँग सम्झौता गरेपछि कोभासिसले क्लबसँग लामो सम्झौता गर्दा खुसी लागेको बताए ।
'गत सिजन लोनमा रहदा मैले यहाँ रमाइलो गरे । लण्डन क्लब र प्रिमियर लिगमा मैले सहज अनुभव गरे,' विश्वकप उपविजेता टोलीका मिडफिल्डर कोभासिसले भने, 'क्लबसँग स्थाई रुपमा सम्झौता गर्दा खुसी लागेको छ ।'
२५ बर्षीय कोभासिसले चेल्सीबाट गत सिजन ५१ खेल खेलेका थिए ।