एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका कप्तान ग्यारी काहिल र फरवार्ड गोन्जालो हिगुइनले क्लब छाडेका छन् ।
चेल्सीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै डिफेन्डर काहिल र हिगुइनले क्लब छाडेको जनाएको छ ।
चेल्सीमा साढे सात बर्ष बिताएका इन्ग्लिश डिफेन्डर काहिलको अर्को क्लब भने टुंगो लागेको छैन । ३३ बर्षे काहिलले चेल्सीबाट २९१ खेलमा २५ गोल गरेका थिए । उनले चेल्सीबाट च्याम्पियन्स लिगसहित ८ उपाधि जितेका थिए ।
यस्तै अर्जेन्टिनाका स्ट्राइकर हिगुइनले एक सिजन चेल्सीमा बिताए । हिगुइन इटालियन क्लब युभेन्ट्सबाट लोनमा चेल्सी आएका थिए ।
चेल्सीका प्रशिक्षक माउरिजियो सार्री युभेन्ट्स गएसंगै हिगुइन क्लब फर्किएका हुन् । हिगुइनले चेल्सीबाट प्रिमियर लिगमा १४ खेल खेल्दै ५ गोल गरेका थिए ।
त्यस्तै चेल्सीले गोलकिपर रोब ग्रीन र इडवार्डो तथा केली स्कोटले पनि क्लब छाडेको जनाएको छ ।