एजेन्सी । स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेबासले ब्राजिलका स्टार नेयमार बार्सिलोना नफर्कने बताएका छन् ।
स्पेनिस रेडियो ओन्डा सिरोसङ्ग कुरा गर्दै अध्यक्ष टेबासले नेयमार राम्रो खेलाडी भएपनि व्यवहारको कारण उनी ला लिगा नफर्कने दाबी गरे ।
‘नेयमार ला लिगा आउदैनन् किनकि उनी राम्रो उदाहरण हैनन् । यदि उसले राम्रो व्यवहार गर्दछ भने उ लिगको लागि राम्रो हुनेछ,’ अध्यक्ष टेबासले भने ।
नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्य २ सय २२ मिलियनमा फ्रान्सेली क्लब पीएसजी आएका थिए । पीएसजी भित्रिएसँगै उनले क्लबलाई दुई पटक लिग १ को उपाधि दिलाएका थिए । तर, पछिल्लो समय नेयमार बार्सिलोना फर्कन हल्ला चलिरहेको छ ।
अध्यक्ष टेबासले नेयमार उत्कृष्ट खेलाडी बन्न सक्ने भएपनि उनको व्यवहार महत्वपूर्ण हुने बताए ।
‘उ उत्कृष्ट खेलाडी बन्न सक्छ तर व्यवहार पनि महत्वपूर्ण छ ।’ अध्यक्ष टेबासले थपे, ‘हामीले सधै ला लिगामा उत्कृष्ट खेलाडी ल्याउनुपर्छ, तर नेयमारको मुद्दामा उनको व्यवहार प्रतिस्पर्धाको लागि राम्रो छैन किनकि यदि यो खेलाडीले गर्न सक्छ वा सक्दैन ।’
यस्तै अध्यक्ष टेबासले ला लिगाको अहिले रहेको मूल्य, छबि कायम राख्न कडा मेहेनत गर्नु पर्ने बताए ।