एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका मिडफिल्डर एड्रियन राबोट युभेन्ट्स आउने भएका छन् । युभेन्ट्सले चाँडै राबोटसंगको अनुबन्धन सम्झौताले पुर्णता पाउने बताएको छ ।
२४ बर्षका मिडफिल्डरको पीएसजीसंगको सम्झौता जुन ३० मा सकिएको थियो ।
पीएसजीका प्रशिक्षक थोमस टुचेलले समेत राबोटको सम्झौता नविकरणमा अनिच्छा देखाएका थिए । उनी आफै समेत पेरिस बसाई टुङ्ग्याउन चाहन्थे ।
सन् २०१८ को विश्वकपमा राबोट फ्रान्सेली टिममा स्थान बनाउन असफल भएका थिए ।
तर शनिबार ईटालियन च्याम्पियनले राबोट टुरिन आउने निश्चित भएको जनाएको हो ।
उनी नयाँ सिजन युभेन्ट्स आउने दोस्रो खेलाडी हुन् । वेल्सका मिडफिल्डर आरोन राम्सीपछि उनी युभेन्ट्स आएका हुन् ।