एजेन्सी । स्पेनले पाँचौ संस्करणको युरोपियन यू–२१ फुटबल च्याम्पियनसिपको उपाधि उचालेको छ ।
आईतबार राति भएको खेलमा जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उमेर समुहको प्रतियोगिताको उपाधि उचालेको हो ।
खेलको सातौ मिनेटमा स्पेनले खेलमा अग्रता लिएको थियो । फरवार्ड मिकेल ओयारजबलको पासलाई सदुपयोग गर्दै स्पेनका फेबियन रुइजले टिमलाई अग्रता दिलाएका थिए ।

६८ औ मिनेटमा अलेक्जेन्डर नुबेलको चलाखीपुर्ण पासलाई दानी ओलमोले पोस्टको दिशा दिदै स्पेनको अग्रता दोब्बर पारेका थिए ।
८८ मिनेटमा जर्मनीका अमिरिले गोल गरेपनि टिमले हार टार्न सकेनन् ।

स्पेनले सन् २०१७ को फाईनलमा जर्मनीसंग ब्यहोरेको हारको बदला समेत लिएको छ ।
