काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार भएको खेलमा टीसीले ग्रीन स्ट्रिट्स क्लबसंग २-२ गोलको बराबरी खेलेको हो । टीसीको लागि इस्माइल इसा र इशान इब्राहिमले एक एक गोल गरे ।
ग्रीन स्ट्रिट्सका अहमेद राशिद र अब्दुल्लाह यामिनले एक एक गोल गरे ।
स्ट्रिट्सविरुद्धको खेलमा विमल पहिलो रोजाईमा मैदान उत्रिएका थिए ।
जितसंगै टीसीले ३ खेलबाट ७ अंक जोडेको छ । टीसी लिगको दोस्रो स्थानमा रहेको छ ।