एजेन्सी । इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स अन्तर्गत समूह चरणको अन्तिम खेलमा नाइजेरिया पराजित भएको छ ।
आइतबार राति भएको खेलमा नाइजेरिया मेडास्करसँग २-० गोल अन्तरले पराजित भएको हो ।
मेडास्करको जितमा लालिना नोमेन्जनहरी र कारोलुस एन्ड्रीमाहिटसिनोरोले एक एक गोल गरे ।
जितसँगै मेडास्कर समूह 'बी' को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । मेडास्करले ३ खेलबाट ७ अंक जोड्यो ।
पराजित नाइजेरियाले ३ खेलबाट ६ अंक जोड्यो । नाइजेरिया समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
यसै समूहको अर्को खेलमा गिनीले बुरुण्डीलाई २-० ले नै हराएको छ ।