काठमाडौं । भ्याली च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार भएको खेलमा च्यासल र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोलीले पाएको मौका गुमाउँदा बराबरी खेलेको हो ।

यो बराबरीसंगै समूह 'ए' च्यासल र शेर्पाले एक एक अंक पाएका छन् । यो बराबरीसंगै च्यासलले २ खेलबाट १ अंक जोडेको छ । शेर्पाले भने १ खेलबाट १ अंक जोडेको छ ।
आइतबार नै भएको पहिलो खेलमा ब्रिगेड ब्वाईजले सरस्वती युथ क्लबलाई ११-१ ले हराएको थियो ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।