एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थियागो सिल्भाले स्टार स्ट्राइकर नेयमार पीएसजीमै बसोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।
पछिल्लो समय नेयमार स्पेनिस क्लब बार्सिलोना फर्कने हल्ला चलिरहेको बेला सहकर्मी सिल्भाले भने नेयमार क्लबमै बसोस् भन्ने चाहना व्यक्त गरेका हुन् ।
घरेलु मैदानमा जारी कोपा अमेरिका अन्तर्गत शनिबार भएको पत्रकार सम्मेलनमा नेयमारबारे आएको प्रश्नमा सिल्भाले भने, ‘यो समय यसका लागि अनुकुल छैन । हामी अर्काे प्रतिस्पर्धामा छौ । पक्कै नै नेयमार रहनेछन् । तर, उसको लागि खुशी छौ ।’
२७ वर्षे ब्राजिलियन स्टार नेयमार सन् २०१७ मा बार्सिलोनाबाट किर्तिमानी मूल्य २ सय २२ मिलियनमा पीएसजी आएका थिए । तर, अहिले चोटको कारण नेयमारले कोपा अमेरिका खेलेका छैनन् ।
यस्तै सिल्भाले ड्यानी अल्भेसले क्लब छाडेको बताउँदै क्लबले उत्कृष्ट खेलाडी र राम्रो साथी गुमाएको बताए ।