एजेन्सी । कोपा अमेरिका फुटबलमा सेमिफाईनलको समिकरण पुरा भएको छ । पेरुले उरुग्वेलाई पराजित गरेसंगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको हो ।
पहिलो सेमफिाईनलमा अब आयोजक ब्राजिलले अर्जेन्टिनासंग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाईनलमा चिली र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाईनल पुग्न ब्राजिल, चिली र पेरुले टाईब्रेकरको साहारा लिन पर्यो । ब्राजिलले टाईब्रेकरमा पाराग्वेलाई ४–३ ले हराउँदै सेमिफाईनल यात्रा तय गरेको हो ।
क्वार्टरफाईनलको अन्य खेलमा चिलीले टाईब्रेकरमा कोलम्बियालाई ५–४ ले हराएको हो भने पेरुले उरुग्वेलाई ५–४ गोल अन्तरले स्तब्ध बनाएको हो ।
अर्जेन्टिनाले भने भेनेजुएलालाई २–० गोल अन्तरले हराउँदै अन्तिम ४ को टिकट काटेको हो ।
साविक बिजेता चिलीले कोलम्बियालाई पराजित गर्ने क्रममा एलेक्स साञ्चेजले विजयी गोल गरेका थिए । चिलीविरुद्व बार्सिलोनाका स्टार लुईस स्वारेज पेनाल्टीमा चुक्दा उरुग्वे घर फर्कने अवस्था सिर्जना बनेको हो ।
पहिलो सेमिफाईनलमा जुलाई २ मा ब्राजिल र अर्जेन्टिना भिड्नेछन् । सो खेलमा मैदान उत्रदै गर्दा सबैको नजर अर्जेन्टिनाको लियोनल मेस्सीमा हुनेछ ।
ब्राजिली स्टार नेयमार चोटका कारण प्रतियोगिता बाहिर छन् । जुलाई ३ मा हुने दोस्रो सेमिफाईनलमा चिली र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।