एजेन्सी । साबिकको विजेता क्यामरुनले इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको दोस्रो खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।
शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा क्यामरुनले घानासँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
बल पोजिसनमा पकड जमाएपनि क्यामरुनले गोल गर्न सकेनन । खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
यो बराबरीसंगै समूह 'एफ' को क्यामरुनले २ खेलबाट ४ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको क्यामरुनको अन्तिम १६ मा पुग्ने सम्भावना कायम छ ।
क्यामरुनले पहिलो खेलमा गिनी-बिसाउलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै घानाको २ खेलबाट २ अंक छ । घाना दोस्रो स्थानमा छ ।