एजेन्सी । स्विडेन फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्विडेन अन्तिम चारमा पुगेको हो ।
स्विडेनले सुरुवाती अग्रता उल्टाएर जर्मनीलाई हराएको हो । स्विडेनको जितमा सोफिया जाकोबसन र स्टिना ब्लाकस्टेनिउसले एक एक गोल गरिन् । जर्मनीकी लिना मगुलले एक गोल गरिन् ।
स्विडेन चौथो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । तर, स्विडेनले अहिलेसम्म विश्वकप जित्न सकेको छैन ।
अब स्विडेनले फाइनल प्रवेशका नेदरल्याण्डसँग खेल्ने छ । नेदरल्याण्डले इटालीलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।