एजेन्सी । नेदरल्याण्ड फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वाटरफाइनलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड अन्तिम चारमा पुगेको हो ।
नेदरल्याण्डको जितमा भिभिआने मिएडेमा र स्टेफानी भान डेर ग्राग्टले एक एक गोल गरिन् ।
योसंगै नेदरल्याण्ड पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
अब नेदरल्याण्डले फाइनल प्रवेशका लागि जर्मनी र स्वीडेनबीचको विजेतासँग खेल्ने छ ।