• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कोही नजितेको खेल
खेलपाटी संवाददाता
शनिबार, असार १४, २०७६ खेलपाटी संवाददाता
कोही नजितेको खेल

काठमाडौं । लिभरपुल समर्थकको मनको कुनै कुनामा अझै पनि राफेल बेनिटेजका लागि ठाउँ हुनु पर्छ । सन् २००५ मा लिभरपुलले युरोपेली च्याम्पियन्स लिग जित्दा प्रशिक्षक यिनै स्पेनी त थिए ।

चेल्सीमा छँदा पनि निलो होइन, रातो टाइ लगाउने बेनिटेज लिभरपुल समर्थकलाई मन नपरेर कसलाई मन पर्छ त ? पक्कै पनि अहिले उपलब्ध फुटबल प्रशिक्षकमा अब्बल दर्जाका छन् । त्यसैले पनि उनको राम्रै सम्मान छ, सबैतिर । उनले लिभरपुल मात्र होइन, रियल मड्रिड जत्तिको ठूलो क्लब पनि सम्हाले ।

Image result for rafael benitez liverpool

अहिले उनीबारे यो सबै चर्चा किन भन्दा केही दिन भयो, उनले अर्को इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड छाडेको । पछिल्लो सिजन चल्दै गर्दा कतै बेनिटेजले क्लब छाड्ने त होइन भने डर उत्पन्न भइसकेको थियो । क्लब मालिक र उनको सम्बन्ध राम्रो हुन सकेको थिएन् । क्लब मालिक माइक एस्ली चाहन्थे, टिम त्यसरी नै चलिरहोस, जसरी अहिले चलिरहेको छ । त्यो भनेको ठीकठीकै क्लब चलाउने । अझ त्यो भनेको रेलिगेसनमा पनि नपर्ने, तर केही जित्न खर्च पनि नगर्ने ।

एस्ली बेलायती धनाद्य व्यापारी हुन् । अहिले न्युकासलका समर्थकहरूले उनको चर्को विरोध गरिरहेका छन् । अझ न्युकासलको प्रसिद्ध घरेलु मैदान सेन्ट जेम्स पार्क अगाडि ती समर्थकले ब्यानर नै लिएर एस्लीको विरोध गरिरहेका छन् । उनीहरूको आरोप हो, एक त बेनिटेजलाई क्लबमा राखिरहन नसक्नु एस्लीको दोष हो, दोस्रो उनले जसरी क्लब हाँकिरहेका छन्, त्यो ठीक भएन् । आफुलाई ज्यान भन्दा प्यारो क्लब जथाभावी चलाएपछि डाइहार्ड फ्यानको मन दुख्छ नै ।

Image result for rafael benitez chelsea

अहिले तत्काल न्युकासल नयाँ प्रशिक्षकको खोजीमा छ । सिजन सुरु हुन अगाडि कोही न कोहीले टिम सम्हाल्ने नै छन् । तर न्युकासललाई लिएर फेरि एउटा कथा दोहरिएको छ, जसमा पीडा मात्र छ । भनिन्छ, इंग्ल्यान्डमा न्युकासलको समर्थन गर्ने भनेको पीडा सहनु मात्र हो । जुन क्लबले केही जित्न सक्दैन, उल्टै हार्छ र तल तल भासिँन खोज्छ, त्यही क्लबको आजीवन समर्थक रहनु कम्ती गाह्रो हुन्न । त्यसैले त फुटबललाई निर्दयी खेल भनिएको ।

तर फुटबल निर्दयी भएपछि यसको एउटा नियम के हो भने जीवनमा एकपल्ट कुनै क्लबको समर्थन गरिसकेपछि त्यसमा परिवर्तन हुने गर्दैन, चाहे आफ्नो टिमले जितोस अथवा नजितोस । जितेको टिमको मात्र समर्थन गर्ने त कायर हुन्, ती खास समर्थन हुनै सक्दैनन् । फेरि खास कुरामै फर्केने हो भने न्युकासलमा घटिरहेको घटनालाई तीन पक्षबाट हेर्नु पर्छ र नतिजा आउने गर्छ, त्यसमा कोही पनि जित्न सकेन् । न क्लब, न क्लब मालिक । न त तिनै बेनिटेज ।

Image result for rafael benitez newcastle

सबैभन्दा पहिले क्लबको नजरबाट । सन् १८९२ मा स्थापित क्लब हो, यो । त्यसो भनेको १ सय २६ वर्ष भयो । यति धेरै समयमा क्लबले केही नै नजितेको पनि होइन, तर नजितेको धेरै भयो । अझ प्रिमियर लिग सुरु भएयता न्युकासलले केही जित्न नसकेको हो । जति जिते, ती इतिहास भइसके । तर पनि इंग्ल्यान्डमै सर्वाधिक लोकप्रिय केही क्लबको नाम लिनु पर्दा, न्युकासल अगाडि नै आउँछ । सेन्ट जेम्स पार्कमा ५० हजार घटी दर्शक कमै अवसरमा मात्र हुने गर्छ ।

अब यही क्लबले बेनिटेज जत्तिको प्रशिक्षक गुमाएको छ । घाटा त भयो नै । बेनिटेजले पनि त न्युकासल जत्तिको क्लब गुमाएको छ । घाटा उनलाई पनि छ । लिभरपुल र रियल जत्तिको क्लब सम्हालेका बेनिटेजले अब दोहराएर सायद नै अरू क्लब पाउने छन् । उनलाई निकै ठीक भनेको न्युकासल जस्तै क्लब हो, जसको इतिहास पनि छ, समर्थक पनि छ । घाटाकै कुरामा एस्ली मात्र कहाँ चोखो रहे । उनले सबै गुमाएका छन्, समर्थकको मायादेखि अरू धेरै ।

Image result for rafael benitez newcastle

यस्तोमा सबैभन्दा ठूलो घाटा तिनै समर्थकलाई भएको छ । त्यसो भनेको यो ‘कोही नजितेको खेल’ भयो । यी सबै सुन्दा न्युकासलकै समर्थन नभएर पनि नमज्जा भने लाग्छ । न्युकासल कत्तिको क्लब हो भनेर बुझ्न एउटा राम्रो उदाहरण छ, पुराना खेलाडी एलान सिएररलाई लिएर । प्रिमियर लिग युगका सबैभन्दा उत्कृष्ट खेलाडीमा पर्छन्, उनी । सन् १९९६ मा उनीसामु नया“ क्लब जाने दुई विकल्प थियो, पहिलो न्युकासल, दोस्रो म्यानचेस्टर युनाइटेड ।

उनले न्युकासल रोजे । खासमा उनी न्युकासलका दबरदस्त समर्थक पनि थिए । म्यानचेस्टर गएको भए, एलेक्स फर्गुसनको नेतृत्वमा उनले सबथोक जितेका हुन्थे । उनकै कारण म्यानचेस्टर अझ बढी जित्न सक्थ्यो । तर न्युकासलमा रहेर सिएररले केही पनि जित्न सकेनन् । खेल जीवनबाट सन्यास लिइसकेपछि उनसँग यसैलाई लिएर प्रश्न गरियो, न्युकासल रोजेकोमा पश्चाताप त छैन ? उनको उत्तर थियो, पटक्कै छैन । बरू खुसी पो छ, आफ्नो मनको कुरा सुनेकोमा ।

उनले भनेका थिए, ‘म्यानचेस्टर गएको भए, मैले धेरै जितेको हुन्थें । तर मनमा सधैं एउटै गुनासो हुन्थ्यो, मैले मनको कुरा सुन्न सकिनं भनेर । न्युकास रोजेर मैले केही पनि उपाधि जित्न सकिनं, तर मेरो मन भने खुसी छ, मैले त्यही क्लबबाट खेलें, जुन मलाई असाध्यै मन पर्छ ।’

Image result for rafael benitez newcastle

यस्तो क्लब हो, न्युकासल । तर यस्तै क्लबमा प्रायः अहिलेको जस्तो घटना भइरहन्छ । यति बेला कुनै क्लबका समर्थकको मन बढी रोइरहेको छ भने त्यो न्युकासलकै होला ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP