एजेन्सी । मोरक्को इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको समूह चरणको दोस्रो खेलमा आइभरी कोष्टलाई १-० गोल अन्तरले पराजित गर्दै मोरक्को नकआउट चरणमा पुगेको हो ।
मोरक्कोको जितमा युसेफ एन नास्रीले निर्णायक गोल गरे । उनले खेलको २३ औं मिनेटमा गोल गर्दैमोरक्कोलाई महत्वपूर्ण जित दिलाए ।
जितसँगै मोरक्कोले समूह 'डी' मा लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
जितपछि मोरक्कोले २ खेलबाट ६ अंक जोडेको छ । २ खेलमा ३ अंक जोडेको आइभरी कोष्ट समूहको दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा दक्षिण अफ्रिकाले नामिबियालाई १-० ले हराएको छ । दक्षिण अफ्रिकाको २ खेलबाट ३ अंक छ । नामिबियाले अंक जोड्न सकेको छैन ।