एजेन्सी । प्रिमियर लिग क्लब म्याचेष्टर युनाईटेडले क्रिस्टल प्यालेसका डिफेन्डरलाई क्लबमा भित्राएको छ । म्यान युले ईङ्ल्याण्डका २१ बर्षका राईट ब्याक आरोन वान बिसाकालाई ५० मिलियन पाउण्डमा क्लबमा ल्याएको हो ।
२१ बर्षका खेलाडीले गत बर्षमात्र क्रिस्टल प्यालेसको पहिलो टोलीमा अटाएका थिए । उनी पाँच बर्षका लागि हप्ताको ८० हजार पाउण्ड पाउने शर्तमा ओल्डट्राफोड आउन राजी भएका हुन् ।
म्यान युनाईटेडले कीर्तिमानी मुल्यमा उनलाई क्लबमा भित्राएको हो । यसअघि क्लबले पाउल पोग्बा, रोमेलु लुकाकु, एन्जल डी मारिया र फ्रेडलाई सर्वाधिक मुल्य तिरेको थियो ।
उनी नयाँ सिजनका लागि क्लबले ल्याएको दोस्रो खेलाडी हुन् । म्यान युनाईटेडले स्वान्सीका ड्यानियल जेम्सलाई पहिलो खेलाडीको रुपमा क्लबमा अनुबन्धन गरेको थियो ।
उनी ११ बर्षको उमेरमा क्रिस्टलको युथ एकेडेमीमा भर्ना भएका थिए । उनी यसै महिना युरोपियन यु–२१ च्याम्पियनसिपमा ईङ्ल्याण्डबाट मैदान उत्रिएका थिए ।
उनले क्रिस्टल प्यालेसमा रहदाँ हप्ताको १० हजार पाउण्ड तलब पाउथे । क्लबको पहिलो टिममा उनले पाउने तलब सबै भन्दा कम थियो ।
दुई क्लबबीच बिसाकाको बिषयलाई लिएर छलफल चल्दै आएको थियो । सोही कारण उनको सरुवा ढिलो भएको हो । म्यान युनाईटेडले बिसाकालाई क्लबमा अनुबन्धन गरेको पुष्टि गरेको छ ।