एजेन्सी । टाईब्रेकरमा भाग्यमानी ठहरिदै चिली कोपा अमेरिकाको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै चिली अन्तिम ४ मा प्रवेश गरेको हो ।
कोलम्बियाका विलियम टेसिलोको पेनाल्टी प्रहार असफल भएको थियो । र अन्तिम खेलाडीको रुपमा पेनाल्टी प्रहार गर्न आएका साञ्चेजले गोल गर्दै चिलीलाई सेमिफाईनलको यात्रा तय गराए ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।