एजेन्सी । फ्रान्सलाई हराउँदै अमेरिका महिला विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अमेरिकाले फ्रान्सलाई २–१ गोल अन्तरले हराएको हो ।
अमेरिकाको जितमा दुवै गोल मेगन रापिनोले गरिन् ।
खेलको पाँचौ मिनेटमा रापिनोले टिमलाई अग्रता दिलाएकी थिईन् । ६५ औ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको जित निश्चित गर्ने काम गरिन् ।

वेन्डी रेनार्डले हेडमार्फत गोल गर्दै ८१ औ मिनेटमा फ्रान्सलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन ।
अमेरिका महिला विश्वकपमा सधै सेमिफाईनल पुग्दै आएको छ । अमेरिकाले अब सेमिफाईनलमा ईङ्ल्याण्डसंग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।