एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाले अब फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनाले गरेका दुवै गोलमा म्यानचेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरोको भुमिका रहयो । खेलको १० औ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । लियाेनल मेस्सीकाे कर्नरमा अग्युराेले डिबक्स भित्रबाट प्रहार गरेकाे बललाई चलाखीपुर्ण तरिकाले मार्टिनेजले पाेस्टकाे दिशा दिए ।
७४ औ मिनेटमा बैकल्पिक खेलाडी जियोवानी लो सेलोले गाेलकिपरकाे गल्तीकाे फाइदा उठाउँदै अर्जेन्टिनाका लागि दाेस्राे गाेल गरेका थिए । अग्युराेकाे प्रहार गरेकाे बललाई गाेलकिपरले क्लियर गर्न नसक्दा जियाेवानीले गाेल गर्न सफल भएका थिए ।

अर्जेन्टिना कोपा अमेरिकाको उपाधिबाट मात्र दुई खेल टाढा छ । तर पछिल्लो दुई प्रतियोगितामा अर्जेन्टिना चिलीसंग पेनाल्टी सुटआउटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।