एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका पूर्व कप्तान तथा डिफेन्डर एन्टोनियो भ्यालेन्सिया इक्वेडरको क्लबमा अनुबन्धित भएका छन् ।
यसै सिजन युनाईटेड छाडेका भ्यालेन्सिया घरेलु लिग क्लब एलडीयु क्विटोमा अनुबन्धित भएका हुन् । भ्यालेन्सियालाई क्विटोले २ बर्षको लागि अनुबन्धित गरेको जनाएको छ ।
इक्वेडरका कप्तान समेत रहेका ३३ बर्षिय भ्यालेन्सियाले युनाईटेडमा १० बर्ष बिताएका थिए । उनले युनाईटेडबाट २ प्रिमियर लिग जितेका थिए ।