काठमाडौं । क्विक्स कप अन्तर विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत काठमाडौं जिल्ला छनोटमा लिटल एन्जल्स (एलए) स्कुलले विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको उद्घाटन खेलमा एलएले श्री कृष्ण स्कुललाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
एलएको जितमा मुनाल थापाले ह्याट्रिक गरे । यस्तै विषम पुनले एक गोल गरे । श्री कृष्णका निरन लामाले एक गोल फर्काए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा पहिलो चरणमा जिल्ला, दोस्रोमा प्रदेश र अन्तिममा राष्ट्रिय स्तरको प्रतियोगिता हुनेछ । प्रतियोगितामा सात प्रदेशको ५२ जिल्लाका करिब १५ सय स्कुलको सहभागिता रहनेछ ।
प्रतियोगितामा छात्रा र छत्र दुवैको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ३ लाख र तेस्रोले २ लाख पाउने छन् ।