लेटाङ । बेलबारी एफसीले मोरङ जिल्ला 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई १-० गोल अन्तरले पराजित गर्दै बेलबारी च्याम्पियन बनेको हो ।
लेटाङस्थित सनराइज युनाइटेड क्लबको खेल मैदानमा बेलबारीको जितमा म्यान अफ द फाइनल बनेका सुसन लामाले निर्णायक गोल गरे ।
प्रतियोगितामा सम्राटका कृपाकान्त थारु उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा मोरङका १४ 'ए' डिभिजन क्लबले प्रतिस्पर्धा गरेका थिए । जसमा ६ टोली रेलिगेसनमा परेका छन् ।