एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
बुन्डेस लिगाले शुक्रबार नयाँ सिजन (२०१९-२०) को खेल तालिका सार्वजनिक गरेको हो ।
नयाँ सिजनको खेल तालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन वायर्न म्युनिख र हेर्था बर्लीनबीच प्रतिस्पर्धा हुनेछ ।वायर्नको मैदानमा हुने उद्घाटन खेल अगष्ट १६ मा हुनेछ ।
यस्तै अगष्ट १७ मा आठ खेल हुनेछ । जसमा बोरुसिया डर्टमण्डले अग्सबर्गसँग खेल्नेछ ।
त्यस्तै बायर लिभरकुसेंले पडेरबर्न, बोरुसिया मोञ्चेनग्लाडवाच र शाल्के, वुल्फवर्ग र कोलोग्ने, फ्रान्कफर्ट र होफेनहाइम, वेर्डेर ब्रेमेन र फोर्टुना, फ्रेईबर्ग र मेइञ्ज, युनियन बर्लिन र आरबी लेप्जिङबीच खेल हुनेछ ।