टेनिस क्याम्पमा ६ नेपाली खेलाडी
शुक्रबार, असार १३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ ।
जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास पाण्डे, प्रीति गौतम, साहिल थापा, सलिना गौचन र रोहित रानाभाट सहभागी हुन नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले शुक्रबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








