एजेन्सी । इटालियन क्लब एसी मिलानलाई युरोपा लिग फुटबलमा एक सिजनको प्रतिबन्ध लागेको छ ।
युरोपियन फुटबल महासंघ (युइएफए) ले फाइनान्सियल फेयर प्ले नियम तोडेको भन्दै मिलानलाई युरोपा लिगमा प्रतिबन्ध लगाएको हो ।
उक्त प्रतिबन्धलाई खेलकुदको अन्तर्राष्ट्रिय अदालत कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले समेत सदर गरेको छ ।
प्रतिबन्धसंगै सात पटकको च्याम्पियन मिलानले आगामी सिजनको युरोपा लिग खेल्न पाउने छैनन् ।