एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका सहायक प्रशिक्षक जियानफ्रान्को जोलाले मिडफिल्डर इडेन हजार्डले क्लब छाडेसंगै चेल्सीले मुख्य खेलाडी गुमाएको बताएका छन् ।
बेल्जियमका अट्याकिङ मिडफिल्डर हजार्ड चेल्सी छाडेर स्पेनिस क्लब रियल मड्रिड गएपछि एक अन्तर्वार्तामा सहायक प्रशिक्षक जोलाले क्लबले मुख्य खेलाडी गुमाएको बताए । हजार्ड गत महिना १ सय मिलियनमा स्पेनिस क्लब रियलमा अनुबन्ध भएका थिए ।
‘मड्रिडले एक राम्रो खेलाडी खरिद गरेको छ । यो सिजन उनले अविश्वसनीय प्रर्दशन गरे,' एएस अनलाईनसंगको अन्तर्वार्तामा सहायक प्रशिक्षक जोलाले भने, 'चेल्सीले टिमको मुख्य खेलाडीलाई गुमायो र मड्रिडले एक राम्रो खेलाडी प्राप्त गर्यो ।’
यस्तै सहायक प्रशिक्षक जोलाले हजार्डले रियलमा आफुलाई प्रमाणित गर्ने अवसर पाउने समेत बताए ।
‘उसको क्षमतामा शंका गर्ने अवस्था छैन । ला लिगा उसको लागि राम्रो हुनेछ, ’ चेल्सीका लिजेण्ड समेत रहेका जोलाले थपे, ‘यो वर्ष उसले धेरै कुराहरु सिके र सुधार साथै टिमसँग खेल्न र बल पासमा सुधार गरेका छन् । मेरो विचारमा उनले धेरै राम्रो गर्न सक्नेछन् ।’
सहायक प्रशिक्षक जोलाले हजार्डले चेल्सीमा पाउने अवसर रियलमा पनि पर्प्त गर्न हकदार रहेको बताए ।