एजेन्सी । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसले क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय गर्दा सबै खुशी भएको बताएका छन् ।
विश्वकप विजेता क्रुसले स्पोर्ट्सविल्डसँग कुरा गर्दै रोनाल्डोले नयाँ अनुभव लिन खोजिरहेको कारण सबै खुशी भएको बताए ।
‘यदि कसैले क्रिस्टियानो रोनाल्डोलाई सम्झदैन भने अचम्मको कुरा हुन्छ । जसले अधिक प्रतियोगितामा गोल गरेका छन् ।’ मिडफिल्डर क्रुसले भने, ‘यद्यपि उनको सरुवाले सबैलाई खुशी बनाएको थियो । रोनाल्डो नयाँ अनुभव चाहन्थ्यो र रियल मड्रिडले धेरै पैसा कमाएको थियो ।’
पोर्चुगिज फरवार्ड रोनाल्डो गत सिजन रियलबाट इटालियन क्लब युभेन्ट्स आएका थिए । रोनाल्डोले युभेन्ट्सबाट पहिलो सिजन नै इटालियन सिरी 'ए' को उपाधि जितेका थिए ।
तर, पाँच पटक बालेन डी‘ओरको रोनाल्डोले क्लब छाडेपछि रियल उपाधिविहीन बनेको थियो ।
९ बर्ष रियलमा बिताएका रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।