एजेन्सी । वायन रुनीले निर्णायक गोल गरेपछि डीसी युनाइटेडले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा ओर्नाल्डो सिटीलाई पराजित गरेको छ ।
बिहिबार बिहान भएको खेलमा डीसीले ओर्नाल्डोलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा डीसीलाई जित दिलाउन रुनी ७५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरे । ओर्नाल्डोका गोलकिपर अगाडी बढेको अवस्थामा रुनीले मिडफिल्डरको क्षेत्रबाट गोल गरेका थिए ।
ओर्नाल्डोका खेलाडीले गरेको गल्तिमा बल नियन्त्रण लिँदै रुनीलेखेलको १० औं मिनेटमा गोल गरेका थिए । रुनीको उक्त गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जितसंगै डीसीले १८ खेलबाट ३० अंक जोडेको छ । डीसी लिगको पाँचौं स्थानमा छ । पराजित ओर्नाल्डो १८ अंक जोडेर १९ औं स्थानमा छ ।
भिडियो हेर्नुहोस -
भिडियो : Major League Soccer (MLS)