एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसका युवा डिफेन्डर आरोन वान बिस्सकालाई अनुबन्ध गर्ने भएको छ ।
इंग्ल्याण्डका २१ बर्षे डिफेन्डर आरोनका अनुबन्ध गर्न युनाईटेड र क्रिष्टलबीच सहमति भएको छ । क्रिष्टल डिफेन्डर आरोनलाई ५० मिलियन पाउण्डमा युनाईटेडलाई बेच्न राजी भएको हो ।
क्रिष्टलसंगको सहमतिसंगै युनाईटेडले आरोनसंग लामो समयको सम्झौता गर्ने जनाईएको छ ।
यसै महिना भएको युरो यू-२१ च्याम्पियनसिपमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका आरोन छुट्टि सकिएपछि मेडिकलका लागि युनाईटेड जाने छन् । त्यसपछि क्लबसंग उनले औपचारिक सम्झौता गर्नेछन् ।