काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले भारतको चेन्नईयिन एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा चेन्नईयिनविरुद्ध मनाङले बराबरी गोल फर्काएको छ । खेलको ७९ औं मिनेटमा आफिज ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका छन् ।
यसअघि खेलको ७२ औं मिनेटमा आफिज ओलावालेले काउन्टर अट्याकमा गोल गर्दै खेल २-१ मा ल्याएका थिए ।
त्यसअघि खेलको ६७ औं मिनेटमा इला साबिया फिल्होले गोल गर्दै चेन्नईयिनलाई २-० को अग्रता दिलाएका थिए । यस्तै मोहमद राफीको गोलबाट चेन्नईयिनले ५३ औं मिनेटमा सुरुवाती अग्रता अग्रता बनाएको हो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेल जित्दै मनाङ सुखद अन्त्य गर्न चाहन्छ ।
चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने योजनामा रहेका छन् । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।