काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले भारतको चेन्नईयिन एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा चेन्नईयिनले सुरुवाती अग्रता बनाएको छ । मोहमद राफीको गोलबाट चेन्नईयिनले ५३ औं मिनेटमा सुरुवाती अग्रता अग्रता बनाएको हो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेल जित्दै मनाङ सुखद अन्त्य गर्न चाहन्छ ।
चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने योजनामा रहेका छन् । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।