काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी र भारतको चेन्नईयिन एफसीबीचको खेल सुरु भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
चेन्नईयिनविरुद्ध मनाङको अग्रपंक्ति एडिलाजा सोमिडे र आफिज ओलावालेले सम्हाल्ने छन् । मनाङ विराज महर्जनको कप्तानीमा मैदान उत्रने छन् ।
एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेल जित्दै मनाङ सुखद अन्त्य गर्न चाहन्छ ।
चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने योजनामा रहेका छन् । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।
मनाङको टिम :
गोलकिपर : विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, साहिद अजिज, देवेन्द्र तामाङ, कमल श्रेष्ठ
मिडफिल्डर : हेमन गुरुङ, सुजल श्रेष्ठ, विशाल राई, अभिषेक रिजाल
फरवार्ड : एडेलेजा सोमिडे, आफिज ओलावाले