काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत चेन्नईयिन एफसीविरुद्ध खेल्ने मनाङ मर्स्याङ्दीको प्लेईङ सेट सार्वजनिक भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा चेन्नईयिनविरुद्ध हुने खेलका लागि मनाङले सुरुवाती-११ सार्वजनिक गरेको हो ।
चेन्नईयिनविरुद्ध मनाङको अग्रपंक्ति एडिलाजा सोमिडे र आफिज ओलावालेले सम्हाल्ने छन् ।
मनाङ विराज महर्जनको कप्तानीमा मैदान उत्रने छन् ।
एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ ।
गत साता बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसंग ५-० गोल अन्तरले पराजित हुँदै मनाङ प्रतियोगिताबाट बाहिरिएको थियो ।
चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने प्रयासमा हुनेछ । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।
मनाङको टिम :
गोलकिपर : विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, साहिद अजिज, देवेन्द्र तामाङ, कमल श्रेष्ठ
मिडफिल्डर : हेमन गुरुङ, सुजल श्रेष्ठ, विशाल राई, अभिषेक रिजाल
फरवार्ड : एडेलेजा सोमिडे, आफिज ओलावाले