एजेन्सी । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले टिममा आत्मविश्वास जगाउन कतारविरुद्व जस्तै जित आवश्यक रहेको बताएका छन् । कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाईनल पुगेपछि मेस्सीले सो कुरा बताएका हुन् ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना समुह बीको दोस्रो स्थानमा रहँदै अन्तिम ८ मा प्रवेश गरेको थियो । लिग चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २–० ले हराएको थियो । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र सर्जियो अग्युरोले गोल गरेका थिए ।
अघिल्लो चरण पुग्न अर्जेन्टिनालाई जित्नैपर्ने दबाब थियो । उसले सुरुवाती दुई खेलबाट मात्र एक अंक जोडेको थियो ।
खेलपछि मेस्सीले भने, ‘यो निकै राम्रो खेल रह्यो र हामीले जित्यौ । यो निकै महत्वपुणै थियो ।’
‘हामीलाई यस्तै खेल आवश्यक छ, आत्मविश्वास जगाउन र अगाडी बढ्न् । जसरी खेल अगाडी बढिरहेको छ । टिम समेत अघि बढ्न आवश्यक छ । कतारविरुद्व खेलको उद्वेश्य पुरा भयो ।’ उनले भनेका छन् ।

‘अब अर्को कोपा सुरु भएको छ । अब सबै सुरु हुन्छ वा केहीपनि सुरु हुदैन ।’ उनले भने ।
ईटालियन क्लब ईन्टर मिलानका फरवार्ड मार्टिनेजले खेलको चौथो मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
खेलको अन्तिममा सर्जियो अग्युरोले गोल गदैै टिमको जित सुनिश्चित गरेका थिए । मिडफिल्डबाट बल अघि बढाउदै उनले दुई डिफेन्डरलाई छलाएर गोल गरेका थिए ।
जितसंगै अर्जेन्टिनाले सेमिफाईनल प्रवेशका लागि भेनेजोयलासंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । समुह बीमा तीनै खेलमा जित निकाल्दै कोलम्बिया क्वाटरफाईनल प्रवेश गरेको छ ।