लनटेनिस टोली बंगलादेशतर्फ
शनिबार, असार ७, २०७६खेलपाटी संवाददाता

काठमाडौं । आईटीएफ एसिया यू–१२ टिम च्याम्पियनसिपमा भाग लिन ६ खेलाडी र २ प्रशिक्षकसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।
पुरुषमा आरभसम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाह तथा महिलामा इभा अधिकारी, प्रशंसा मोक्तान र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले र आत्माराम कार्की छन् ।
टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुन २३ देखि २८ तारिखसम्म सञ्चालन हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)








