• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्ट्राइकरको भूमिकामा उत्रिएकी पुजा
नमीन ढकाल
बुधबार, असार ४, २०७६ नमीन ढकाल
स्ट्राइकरको भूमिकामा उत्रिएकी पुजा
वुमन अफ दी म्याचकाे ट्रफी सहित पुजा । फाेटाे : खेलपाटी ।

काठमाडौं । पुजा राना अर्थात नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर ।

विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिपमा पुजाले राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर प्राप्त गरिन् ।

साफमा उनी बंगलादेशविरुद्वको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै १९ बर्षको उमेरमै डेब्यु गरेकी हुन् ।

पुजाले उमेर समूहमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिममा स्थान बनाएकी हुन् ।

लगत्तै उनी म्यानमारमा भएको ओलम्पिक छनोटको सिनियर टिमबाट दोस्रो चरणमा सहभागी भएकी थिईन् ।

म्यानमारमै भएको यु–१८, यु–१९ टिमबाट एएफसी च्याम्पियनसिप प्रतियोगिता खेलिन् ।

उनले जति प्रतियोगिता खेलिन्, उनको भूमिका डिफेन्डरकै रह्यो ।

तर यस पटक काठमाडौंमा भएको पहिलो उपमेयर कप अन्तर नगरपालिका कपमा भने पुजा स्ट्राईकरको भूमिकामा देखिईन् ।

पश्चिम नेपालको बाँसगढी नगरपालिकाबाट उनी मैदान उत्रिएकी थिईन् ।

Image may contain: 3 people, people playing sport and outdoor

टिमको रुपमा बाँसगढी बलियो थिएन । अझ भनौ अगाडी खेल्ने खेलाडी थिएनन् । सिनियर टिम तथा यू–१९ टिमकी गोलकिपर अन्जना राना र पुजा टिमका महत्वपुर्ण खेलाडी भएर आए ।

टिमको गोलकिपिङ र रक्षापंक्ति त बलियो हुने भयो । तर अग्रपंक्तिमा समस्या देखियो ।

त्यस अवस्थामा प्रशिक्षकले पुजालाई अग्रपंक्तिमा खेलाए । उनी सफल पनि भईन् । उनले आफ्नो भूमिकालाई न्याय गरिन् ।

पहिलो खेलमा २ गोल गरकी पुजाले दोस्रो खेलमा भने १० गोल गरिन् ।

‘टिममा स्ट्राइकरको कमी थियो । गोल हान्ने कोही नभएपछि म अगाडीबाट खेलको हुँ ।’ पुजा भन्छिन् ।

पुजा अहिले विभागीय टिम आर्मीबाट करारमा खेल्दै आएकी छिन् । तर आर्मीले प्रतियोगितामा सहभागीता जनाउन नपाउने भएपछि उनी बाँसगढीको जर्सीमा मैदान उत्रिएकी हुन् ।

‘आर्मीमा पनि मिडफिल्डरमा खेलीरहेको हुन्थे । तर स्ट्राइकरमा खेल्न पाएको थिईन् । यसपटक पहिलो पटक खेले । गोल पनि गरे ।’ पुजाले खेलपाटीलाई सुनाईन् ।

अन्तर नगरपालिका उपमेयर कपको पहिलो खेलमा बाँसगढीले तुल्सीपुर नगरपालिकासँग २–२ को बराबरी खेलेको थियो । खेलमा सुरुवाती गोल गरेकी पुजाले दोस्रो हाफमा गोल थप्दै टिमलाई हारबाट जोगाएकी थिईन् ।

दोस्रो खेलमा पुजाको टिम बाँसगढी शम्भुनाथ नगरपालिकासँग प्रतिस्पर्धामा उत्रिएको थियो । सो खेलमा बाँसगढी १९–० ले विजयी भयो । पुजा एक्लैले १० गोल गरिन् । दोस्रो हाफमा पाएको एक पेनाल्टी गोलरक्षक अन्जनाले प्रहार गरिन् ।

Image may contain: one or more people, people playing sport, outdoor and text

एन्फाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा विभागीय टिमले खेल्न पाएनन् । तर एक टिमले विभागका ५ जनासम्म खेलाडी राख्न पाउने प्रावधान छ ।

प्रतियोगिताको अघिल्लो दिनसम्म विभागले खेलाडी छोड्न मानेको थिएन तर अन्तिम समयमा उसले करारका खेलाडीलाई खेल्न दियो ।

सिनियर खेलाडीले खेल्न नपाउँदा युथ टिमका खेलाडीले आफुलाई प्रमाणित गर्ने अवसर पाए ।

साथै आफ्नो पोजिसन पनि परिवर्तिन गरेर आफुलाई प्रमाणित गरे ।

यस बिषयमा पुजा समेत सहमत छिन् । ‘सिनियर दिदी सबै खेलेको भए अवसर हुदैन थियो होला । त्यसैले पनि पोजिसन परिवर्तन गरेर खेल्न पायौ ।’ उनले भनिन् ।

समूह ए मा रहेको बाँसगढीले अन्तिम खेलमा भने वालिङ्ग नगरपालिकासँग गोलरहित बराबरी खेल्यो । पुजाले यस खेलमा भने गोल गर्न पाईनन् ।

विपक्षी टिम मजबुद हुँदा उनले रक्षापङ्तीको भुमिका निभाउन पर्ने भो । बराबरीका बाबजुद गोल अन्तरका आधारमा बाँसगढी प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP