एजेन्सी । लण्डन क्लब चेल्सीले ब्राजिली मिडफिल्डर विलियनलाई किन्न दुई स्पेनिस क्लबले राखेको प्रस्तावलाई अस्विकार गरेको छ ।
स्पेनिस महारथी बार्सिलोना र एट्लेटिको मड्रिडले विलियममाथि राखको ३५ मिलियन पाउण्डको प्रस्ताव लण्डन क्लबले अस्विकार गरेको हो ।
चेल्सीसंग विलियमको सम्झौता सन् २०२० को जुनमा सकिदैछ ।
३० बर्षिया ब्राजिली स्टारको भविष्यलाई लिएर विभिन्न चर्चा सुरु भएको छ । लण्डन क्लब ब्राजिली मिडफिल्डरलाई क्लबमा राख्न चाहन्छ । दुई पटक खेलाडी सरुवा बजारको प्रतिबन्ध लागेको उसलाई खेलाडी जोगाउनुपर्ने चुनौती छ ।
उनी सन् २०१३ मा रसियन क्लबबाट स्टामफोर्ड ब्रिजमा आएका थिए । उनले लण्डन क्लबबाट २ सय ९२ खेलमा ५२ गोल गर्नुका साथै ५३ गोलको अवसर सिर्जना गरेका छन् ।
विलियमको भविष्य अब चेल्सीमा आउने नयाँ प्रशिक्षकमा निर्भर छ ।
चेल्सीका लिजेण्ड फ्रान्क लम्पार्टले यसै साता क्लबका मालिक रोमन अब्रामोभिचसंग छलफल गर्दैछन् ।
माउरिजियो सर्री ईटालियन महारथी क्लब युभेन्ट्स लागेपछि लम्पार्टलाई चेल्सीको नयाँ प्रशिक्षकको रुपमा हेरिएको छ ।