एजेन्सी । फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पे अर्को सिजन पेरिस सेन्ट जर्मेन पीएसजीमै रहने भएका छन् । क्लबका अध्यक्ष नासिर अल खेलाइफीले एम्बाप्पे पीएसजीमा रहने सम्भावना दुई सय प्रतिशत रहेको बताएका हुन् ।
२० बर्षिया एम्बाप्पे पछिल्लो समय फ्रान्सेली क्लब बाहिर जोडिएका छन् ।
'म यस्ता अनौठा खेलाडीलाई जान दिने छैन ।' खेलाइफीले भनेका छन् ।
उनले ब्राजिली स्टारलाई पीएसजीमा अनुबन्धन गर्न कसैले दबाब नदिएको समेत उल्लेख गरे । नेयमार पीएसजीमा खुसी नभएको समाचार बाहिर सार्वजनीक भईरहदाँ क्लब अध्यक्षको यस्तो भनाई बाहिर आएको हो ।
एक अन्तरवार्तामा उनले भनेका छन्, 'म चाहान्छु, खेलाडीले हाम्रो जर्सी लगाउँदा गर्वको महशुश गरुन् । उनी खेलाडीलाई होईन, जसले आफ्नो अनुसार हुने अवस्थामा काम गरेका छन् ।'
विश्वकप विजेता एम्बाप्पेले पछिल्लो सिजन पीएसजीका लागि ४३ खेलमा ३९ गोल गरेका छन् ।
उनले भखैरै मात्र जिवनको महत्वपुर्ण विन्दुमा आफु पुगेको भन्दै आफुले थप जिम्मेवारी लिन चाहेको बताएका थिए । उनी प्रिमियर लिग क्लब लिभरपुल र स्पेनिस महारथी रियल मड्रिडसंग जोडिएका थिए ।
'उनी धेरै हाम्रा परियोजनामा सामेल हुन चाहन्छन् । टिमसंग अघि बढ्न चाहन्छन् । मैले उनलाई त्यही जिम्मेवारी सम्झाएको छु । उनले सोधेको छैनन् ।' अल खेलाईफीले भनेका छन् ।
'उनी निकै बुद्विमान छन् । मलाई लाग्छ, उनले सम्झिसकेका छन् । के उनी अर्को सिजन हामीसंग हुन्छन् त ? म सतप्रतिशत होईन, दुई सय प्रतिशत निश्चित छु ।' उनले थपेका छन् ।