काठमाडौं । मोरङ फुटबल एकेडमी उदयपुर-११ छैटौं संस्करणको रमपम उदयपुर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनलमा पुगेको हो ।
थरुहट रंगशालामा निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार गोर्खा ब्वाईज र संकटा क्लबबीच खेल हुनेछ ।
उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । विजेता टोलीले ५ लाख प्राप्त गर्ने छन् । उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ ।