एजेन्सी । ब्राजिलका युवा फरवार्ड रोड्रीगो गोजलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गरेको छ ।
१८ बर्षीय फरवार्ड रोड्रीगोलाई रियलले ब्राजिलियन क्लब सान्टोसबाट क्लबमा अनुबन्ध गरेको हो ।
रोड्रीगोलाई रियलले ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई अनुबन्ध गर्न रियल र सान्टोसबीच गत वर्ष नै सहमति भएको थियो ।
रियलले रोड्रीगोलाई मंगलबार सार्वजनिक गर्ने जनाएको छ ।
रोड्रीगो ब्राजिलको यू-२० टिमको महत्वपूर्ण सदस्य हुन् । उनले ब्राजिलको यू-१७ राष्ट्रिय टोलीबाट समेत खेलेका छन् ।