एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इजिप्टले सहज जित निकालेको छ । सोमबार बिहान भएको खेलमा इजिप्टले गिनीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
इजिप्टको जितमा मार्वन मोहसेन, अहमेद अली र ओमार गाबरले एक एक गोल गरे । गिनिका लागि सोरी काबाले एक गोल फर्काए ।
गिनीविरुद्ध इजिप्टका स्टार मोहमद सलाहले भने गोल गर्न सकेनन् । तर, उनले इजिप्टको जितमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अफ्रिका कप अफ नेसन्सको तयारीमा रहेको इजिप्टले गिनीसंग मैत्रीपूर्ण खेल खेलेको हो ।
अफ्रिका कप अफ नेसन्स यहिँ शुक्रबारबाट इजिप्टमा सुरु हुँदैछ ।