काठमाडौं । ईटालीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ईटालीबाट व्यावसायिक फुटबल खेल्छन् भन्ने आफुले कहिलै नसोचेको बताएका छन् ।
एक इटालियन पत्रिकासँग कुरा गर्दै बुफोनले रोनाल्डो ईटाली आउला भन्ने नसोचेको तर रोनाल्डोले व्यक्तिगत र व्यावसायिक लक्ष्यहरु पुरा गर्न युभेन्ट्स रोजेको बताए ।
'रोनाल्डो ईटाली आउला भन्ने मैले सोचेको थिईन तर उनले युभेन्ट्स रोजे,' हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका बुफोनले भने ।
पोर्चुगिज फरवार्ड रोनाल्डो गत सिजन स्पेनिस क्लब रियल मड्रिड छाडेर युभेन्ट्स गएका थिए । पहिलो सिजन नै रोनाल्डोले युभेन्ट्सबाट सिरी 'ए' लिगको उपाधि जितेका छन् ।
युभेन्ट्सका पूर्व कप्तान समेत रहेका बुफोनले रोनाल्डो सामान्य तर आफ्नो लक्ष्य पुरा गर्न लागि पर्ने खेलाडी समेत रहेको बताए ।
'मैले रोनाल्डोसँग टुरिन भेट गरेको थिए । उ सामान्य व्यक्ति हो,' बुफोनले थपे, 'रोनाल्डो व्यक्तिगत र व्यावसायिक लक्ष्य प्राप्त गर्न जीवन व्यतित गरिरहेका छन् । उसले एक उदाहरण निर्माण गरेका छन् ।'