काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्न नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब बंगलादेश प्रस्थान गरेको छ ।
बंगलादेशी क्लब अबहानीसँगको अवे खेल खेल्न मनाङको टिम सोमबार ढाका प्रस्थान गरेको हो । मनाङले बुधबार बंगबन्धु स्टेडियममा अबहानीको सामना गर्नेछ ।
यसअघि गत अप्रिलमा भएको होम खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो । तर, बुधबार मनाङ अबहानीसँग उसैको मैदानमा अंक खोस्न चाहन्छ ।
समूह ई मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस समूहमा चेन्नायीन एफसी ७ अंक जोडेर शीर्ष र मिनर्वा पन्जाब ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।