एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वे र कतारले बराबरी खेल्दै अंक बाँडेका छन् ।
सोमबार बिहान भएको खेलमा पाराग्वे र कतारले २-२ गोलको बराबरी खेलेका छन् ।
माराकाना रंगशालामा सुरुवाती २ गोलको अग्रता उल्टाएर कतारले पाराग्वेलाई बराबरीमा रोकेको हो ।
एसियन च्याम्पियन कतारका लागि अल्मोइज अली र बोउअलेम खोउखीले एक एक गोल गरे । कतारले आमन्त्रित टिमको रुपमा कोपा खेलेको हो ।
पाराग्वेका लागि ओस्कार कार्डोजो र डेर्लिस गोन्जालेजले एक एक गोल गरे ।
बराबरीसंगै समूह 'बी' को पाराग्वे र कतारले एक एक अंक बाँडेका छन् ।
प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।