काठमाडौं । आयोजक उदयपुर-११ छैटौं संस्करणको रमपम उदयपुर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै उदयपुर सेमिफाइनलमा पुगेको हो ।
थरुहट रंगशालामा उदयपुरलाई जित दिलाउन दिपक गुप्ताले निर्णायक गोल गरे । दिपक खेलको म्यान अफ दि म्याच चुनिए ।
उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । विजेता टोलीले ५ लाख प्राप्त गर्ने छन् । उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ ।