एजेन्सी । स्पेनिस महारथी क्लब युभेन्ट्सले माउरिजियो सर्रीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । गत सिजन लण्डन क्लब चेल्सीमा बिताएका सर्रीलाई युभेन्ट्सले तीन बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
युभेन्ट्सले आधिकारिक रुपमा नयाँ प्रशिक्षकको रुपमा सर्रीलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ ।
६० बर्षमा सर्रीले गत सिजन चेल्सीमा सन् २०२१ सम्म रहने गरि सम्झौता गरेका थिए ।
तर चेल्सीलाई क्षतिपुर्ती दिने शर्त सहित युभेन्ट्सले सर्रीलाई क्लबमा ल्याएको हो ।
तर युभेन्ट्ले कति रकम चेल्सीलाई तिर्ने भन्ने बिषय भने खुलाएको छैन ।
सर्रीले युभेन्ट्सका म्याक्स एलिग्रीलाई स्थानान्तरण गर्नेछन् । उनी क्लबलाई लिग च्याम्पियन बनाउनुका बाबजुत युभेन्ट्स छाड्नु परेको थियो ।
युरोपा लिगको उपाधिसंगै चेल्सीलाई काराबाओ कपको फाईनल पु¥याएका सर्रीले लण्डन क्लबलाई तेस्रो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराएका थिए ।
उनी चेल्सीमा रहदाँ ४० जित, ११ बराबरी, १२ हारको नतिजा आत्मसाथ गरे । उनले १ सय २३ गोल गर्नुका साथै ६७ गोल ब्यहोरेका थिए ।
सर्रीलाई चेल्सीका लिजेण्ड फ्रान्क लम्पार्डले स्थानान्तरण गर्ने चर्चा छ ।