एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भेनेजुएला र पेरुले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार बिहान भएको खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेलेका छन् ।
एरिना डो ग्रिमिओमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । बल पोजिसनमा पेरुले पकड बनाएपनि गोल गर्न भने सकेन ।
यस्तै खेलमा भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । खेलको ७५ औं मिनेटमा लुइस डेल पिनोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा पेरुले उठाउन सकेन् ।
यो बराबरीसंगै समूह 'ए' को भेनेजुएला र पेरुले १-१ अंक पाएका छन् । यस समूहमा आयोजक ब्राजिलले विजयी सुरुवात गरिसकेको छ ।
प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।