एजेन्सी । युक्रेनले पोल्याण्डमा जारी फिफा यू-२० विश्वकप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा दक्षिण कोरियालाई ३-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले उपाधि जितेको हो ।
युक्रेनको जितमा भ्लाडीस्लाभ सुप्रिआगाले दुई गोल गरे । यस्तै गिओर्गी टिटासभिलीले एक गोल गरे । कोरियाका काङ इन लीले एक गोल फर्काए ।
योसंगै युक्रेनले पहिलो पटक विश्वकपको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेको युक्रेनले पहिलो फाइनल यात्रामै उपाधि जितेको हो ।
यसअघि युक्रेनले सेमिफाइनलमा इटालीलाई १-० ले हराएको थियो ।
यस्तै पहिलो पटक नै फाइनल पुगेको कोरियाले इक्वेडरलाई १-० ले पराजित गरेको थियो।
प्रतियोगितामा दक्षिण कोरियाका काङ इन लीले गोल्डेन बल जिते । यस्तै युक्रेनका एन्ड्री लुनिनले गोल्डेन ग्लोभ्स जिदा नर्वेका इर्लिङ होल्याण्डले गोल्डेन बुट हात पारे ।