काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लब छैटौं संस्करणको रमपम उदयपुर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा न्यु स्टार क्लब सुनसरीलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो ।
थरुहट रंगशालामा एपीएफलाई जित दिलाउन प्रविन स्याङतेन र नबिन लामाले एक एक गोल गरे । न्यु स्टारका विदेशी खेलाडी इउरल इनोमीले एक गोल फर्काए ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । विजेता टोलीले ५ लाख प्राप्त गर्ने छन् । उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ ।