एजेन्सी । कोपा अमेरिका फुटबलको पहिलो खेलका लागि अर्जेन्टिनाले सुरुवाती ११ खेलाडीको नाम सार्वजनीक गरेको छ ।
अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा कोलम्बियाविरुद्व खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
लियोनल मेस्सी सहित अर्जेन्टिनाले सुरुवाती टिमको छनोट गरेको छ । मेस्सी समावेश टिममा सर्जियो अग्युरो र एन्जल डि मारियाले टिमको आक्रमण लाईन सम्हाल्नेछन् ।
प्रशिक्षक लियोनल स्कालोनीले गोलकिपरमा फ्रान्सो अर्मानीलाई सुरुवाती सेटमा समावेश गरेका छन् । यस्तै अन्य खेलाडीमा ओटामेन्डी, गुइडो रोड्रिग्वेज, सराभिया, पिजेला, ट्यागलियाफिको, लो सीलो र पेरेडेस रहेका छन् ।
प्रतियोगितामा अर्जेन्टिना समुह बीमा रहेको छ । अर्जेन्टिनासंगै समुह बीमा कोलम्बिया, पाराग्वे र कतार रहेका छन् ।